Saturday, August 4, 2018

सुतिरहेको बेड बाट लड्दा मलेसियामा एक नेपाली को निधन ।



मलेसियाको प्रतिष्ठित टप ग्लोब कम्पनी मा कार्यरत एक नेपाली कामदार को बेड बाट खस्दा ज्यान गएको छ । 

           


मलेसियाको बान्तिङमा रहेको टप ग्लोब कम्पनी को साखा मा बिगत ४ बर्ष देखि कार्यरत काभ्रेचौर – ६, सल्यान, राप्ती (कर्णाली प्रदेश) निबासी रिम बहादुर पुन मगरको गत दिउसो निधन भएको हो ।
 
                          काम बाट फर्किएर खाना खाएर सुतेका रिम बहादुर बिहान पख आफ्नै ओछ्यान बाट खस्दा टाउको र घाटिमा गहिरो आसर परेर छट्पटाउदै गर्दा तल बेड भएका साथि ले था पाएको र तुरुन्तै होस्टल को सुरक्षार्थ बसेका सुरक्षागार्ड लाई खबर गरेको र हस्पिटल लैजाने तयारी गर्दैगर्दा रिम बहादुर को ज्यान गएको छ ।

No comments:

Post a Comment