मलेसियाको प्रतिष्ठित टप ग्लोब कम्पनी मा कार्यरत एक नेपाली
कामदार को बेड बाट खस्दा ज्यान गएको छ ।
काम बाट फर्किएर खाना खाएर सुतेका रिम बहादुर बिहान पख आफ्नै ओछ्यान बाट खस्दा टाउको र घाटिमा गहिरो आसर परेर छट्पटाउदै गर्दा तल बेड भएका साथि ले था पाएको र तुरुन्तै होस्टल को सुरक्षार्थ बसेका सुरक्षागार्ड लाई खबर गरेको र हस्पिटल लैजाने तयारी गर्दैगर्दा रिम बहादुर को ज्यान गएको छ ।